SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ १०:५३ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा समितिबाट शिक्षक बढुवा सम्बन्धी नयाँ व्यवस्था पारित

 काठमाडौं,  २२ साउन । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले शिक्षकको बढुवासम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। आज बसेको बैठकले विद्यालय शिक्षा विधेयकमा शिक्षक बढुवा तीन प्रकारका आधारमा हुने व्यवस्था पारित गरेको हो।