SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ११:३४ AM · 1 मिनेट पढाइ

रामहरि खतिवडालाई राजीनामा दिन प्रचण्डको सुझाव

काठमाडौँ, २२ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जनाएका छन् । हालै संसदबाट पारित भएको सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘२ वर्षे कुलिङ पिरियड’ सम्बन्धी त्रुटिका बारेमा बोल्दै उनले सभापति खतिवडाले राजीनामा दिनु पर्ने बताएका हुन् ।