SHARE
बुटवल टुडे · बिहीबार २२ साउन २०८२ ०३:५४ PM · 1 मिनेट पढाइ

बल्कोटको महेन्द्र विद्यावोधले काठमाडौंमा गर्यो सम्मान कार्यक्रम

बुटवल, २२ साउन । श्री महेन्द्र विद्याबोध नेत्रलाल राममणि माध्यमिक विद्यालयले हिरक महोत्सवमा प्काशन गरेको स्मारिका वितरण तथा सम्मान कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । विद्यालयले २०८० सालमा हीरक महोत्सव मनाउनुका साथै स्मारिका प्रकाशन गरेको थियो । काठमाडौंमा आयोजित कार्यक्रम स्मारिका वितरणका लागि विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ज्ञवालीले जानकारी दिए।