SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०५:२९ AM · 1 मिनेट पढाइ

नारी चेतनाको रङ: चुरा, मेहन्दी र आत्माभिव्यक्ति

स्त्रीणां सौम्यमन: स्वरूपसदृशं चित्ते विभात्यन्यथा। मौनेन ह्यभिव्यक्तिरस्ति गहनं, चूडे च मेहन्दिके॥ केही चिजहरू देखिनेभन्दा गहिरा हुन्छन् । उनीहरूले आँखालाई त आकर्षित गर्छन्, तर आत्मासम्म पुग्ने तिनको यात्रा गहिरो, मौन र स्थायी हुन्छ । नेपाली समाजमा महिलाहरूले परम्परागत रूपमा लगाउने दुई यस्ता वस्तु हुन्—हरियो चुरा र मेहन्दी ।