SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०७:३८ AM · 1 मिनेट पढाइ

बर्दघाटमा बस दुर्घटना: एकको मृत्यु, १२ जना घाइते

सुनवल, साउन १६ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाटमा आज दिउँसो भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना यात्रु घाइते भएका छन्। बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख ६५७ नम्बरको यात्रुबाहक बस बर्दघाट बजारमा अनियन्त्रित भई दुर्घटना भएको हो।