SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०७:५८ AM · 1 मिनेट पढाइ

विद्यालय शिक्षा ऐनमा सुधारको माग गर्दै १६ विद्यार्थी संगठनको दबाब

काठमाडौं, १६ साउन । १६ वटा विद्यार्थी संगठनले विद्यालय शिक्षकको नियुक्ति प्रक्रिया समावेशितामा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गरेका छन्। शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले विद्यालय शिक्षा ऐनमा यस्तो स्पष्ट व्यवस्था समेट्न सरकारसँग माग गरेका हुन्।