SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०८:१५ AM · 1 मिनेट पढाइ

जीसी नेतृत्वमा लोकतान्त्रिक खेलकुद संघको नयाँ कार्यसमिति

भैरहवा, १६ साउन । लोकतान्त्रिक खेलकुद संघ, रूपन्देहीको नयाँ कार्यसमिति चयन भएको छ। भैरहवामा आयोजित अधिवेशनबाट कमल जीसीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको संघले जनाएको छ। यसअघि क्रियाशील तदर्थ समितिका अधिकांश सदस्यहरू नै नयाँ कार्यसमितिमा दोहोरिएका छन्। नयाँ कार्यसमितिमा रूपन्देही जिल्लाका अनुभवी तथा कीर्तिमानधारी खेलाडीहरूलाई समेटिएको छ।