SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०८:३४ AM · 1 मिनेट पढाइ

बागी:४ पछि टाइगर श्राफ थप २ फिल्ममा देखिने

मुम्बई, १६ साउन । बलिउड एक्सन स्टार टाइगर श्राफ बिस्तारै खेलमा फर्किरहेका छन् । आगामी एक्सन थ्रिलर बागी ४ को रिलिज पछि धेरै फिल्महरूमा काम गर्दैछन । हर्षद्वारा निर्देशित र नाडियाडवाला ग्रान्डसन इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्म यस वर्ष सेप्टेम्बर ५मा रिलिज हुनेछ। बागी ४ पछि टाइगर श्राफले कम्तीमा दुई वटा फिल्म लक गरिसकेका छन् ।