SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०८:४३ AM · 1 मिनेट पढाइ

पाकिस्तानले इमरान खानको पार्टीका १०८ सदस्यलाई जेल सजाय सुनायो

काठमाडौँ, १६ साउन । पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का १०८ सदस्यलाई जेल सजाय सुनाएको छ। ती सदस्यमाथि सन् २०२३ मा सेना विरोधी प्रदर्शनमा भाग लिने आरोप छ। मे २०२३ मा सुरक्षा बलले भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुने क्रममा इमरान खानलाई पक्राउ गरेपछि देशभर हिंसात्मक विरोध प्रदर्शन सुरु भएको थियो।