SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०९:१० AM · 1 मिनेट पढाइ

ऊर्जा मन्त्री खड्काद्वारा सङ्खुवासभामा सीपमूलक तालिमको उद्घाटन

 सङ्खुवासभा, १६ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव हुने बताएका छन्। उनले सङ्खुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने जोड दिएका छन्।