SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०९:४९ AM · 1 मिनेट पढाइ

एमाले विभाजनको औचित्य पुष्टि भएन : झलनाथ खनाल

 काठमाडौं, १६ साउन । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमालेबाट अलग भएर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका छन्। इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्तामा खनालले आफू अब त्यही निष्कर्षमा पुगेको बताएका हुन् कि एमाले विभाजन गर्नु नै गलत निर्णय थियो।