SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ १०:०४ AM · 1 मिनेट पढाइ

सभापति देउवाको निर्देशनपछि मुख्यमन्त्री लामा राजीनामा दिन तयार

काठमाडौं, १६ साउन ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिन लागेका छन्। मुख्यमन्त्री लामाका निकट प्रदेश सांसद तीर्थ लामाले सभापतिबाट हिजो राजीनामा गर्न निर्देशन आएको पुष्टि गर्दै “भोलिसम्म उहाँले राजीनामा दिनुहुन्छ,” बताएका छन्। लामाले एक वर्षे कार्यकाल पूरा गरिसकेका छन्।