अवैध कारोबार, मलखाद अभाव र राजस्व संकटबारे उद्योगीहरूको चार बुँदे माग
बर्दिया, १६ श्रावण । उद्योग वाणिज्य सङ्घ गुलरिया, बर्दियाले जिल्लामा रहेका व्यवसायी तथा किसानसँग सम्बन्धित समस्याहरूमाथि ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । सङ्घका अध्यक्ष देवेन्द्र पाण्डेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी पौडेललाई भेटी ध्यानाकर्षण पत्र बुझाउनुका साथै नयाँ कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।
