SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ११:०८ AM · 1 मिनेट पढाइ

बर्दघाटमा १०० जनालाई लालपुर्जा वितरण

नवलपरासी, १६ साउन । पश्चिम नवलपरासीको बर्दघाटमा आज एक सय जनालाई लालपुर्जा बितरण गरिएको छ ।बर्दघाट नगरपालिका वडा नम्बर ५ मा रहेका अव्यवस्थित ,सुकुम्बासी हरूलाई दोस्रो चरण अन्तर्गतको पुर्जा वितरण गरिएको हो । बर्दघाट नगरपालिका–५ मा सम्पन्न दोस्रो चरणको पुर्जा वितरण कार्यक्रममार्फत ४ जना सुकुम्बासी र ९६ जना अव्यवस्थित सुकुम्बासीहरूले लालपुर्जा प्राप्त गरेका हुन्।