SHARE
बुटवल टुडे · शुक्रबार​ १६ साउन २०८२ ०२:०४ PM · 1 मिनेट पढाइ

माधव नेपाललाई झलनाथ खनालको प्रश्न- कस्तो तानाशाही बन्न खोजेको हो ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)भित्रको आन्तरिक कलह सतहमा आएको छ। पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनीमाथि ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन्। खनालले नेकपा (एमाले)बाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि अध्यक्ष नेपालले प्रतिवाद गरेका थिए।