SHARE
बुटवल टुडे · शनिबार १७ साउन २०८२ १२:३८ AM · 1 मिनेट पढाइ

रोटरी क्लब बुटवल चौतारी र रोटरी क्लब वीरगञ्जको सहकार्यमा तीन जना अपाङ्ग व्यक्तिहरूलाई कृत्रिम खुट्टा जडान

बुटवल, १७ साउन । रोटरी सेवा भावनालाई मूर्तरूप दिँदै, रोटरी क्लब अफ बुटवल चौतारी र रोटरी क्लब अफ वीरगञ्जको संयुक्त पहलमा तीन जना अपाङ्ग व्यक्तिहरूलाई कृत्रिम खुट्टा जडान गरी नयाँ जीवनको आशा प्रदान गरिएको छ। दीर्घकालीन अपाङ्गता बोकेर जीवन यापन गरिरहेका व्यक्तिहरूको हिँडडुल गर्न सक्ने क्षमता र आत्मविश्वास बढाउने उद्देश्यले यो सहयोग गरिएको हो।