SHARE
बुटवल टुडे · शनिबार १७ साउन २०८२ १२:४५ AM · 1 मिनेट पढाइ

पहाड र तराईका धेरै स्थानमा मध्यम, यी तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज (साउन १७, शनिबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशभरि बादल) रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडका धेरै स्थान तथा तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।