SHARE
बुटवल टुडे · शनिबार १७ साउन २०८२ ०२:४५ AM · 1 मिनेट पढाइ

जे चिने चीनमा

एउटा परिवारको रूपमा रहेको संगम पब्लिकेशनको २०८२ जेठ ९ गतेको बैठकको शून्य समयमा चीनको पारिवारिक वैदेशिक यात्राले प्रवेश पायो । यात्रामा सहदेव सापकोटा, नवीन पौडेल र मबाट प्रारम्भिक संवादमै जाने प्रतिबद्धता ब्यक्त भयो । प्रकाशन गृहका सबै सेयर सदस्य सहभागी हुने संभावना न्यून भएकोले सबै खर्च ब्यक्तिगत गर्ने गरी हामी छुट्टियौ ।