SHARE
बुटवल टुडे · शनिबार १७ साउन २०८२ ०३:०२ AM · 1 मिनेट पढाइ

मलाहा बिरालो संरक्षण गर्न चित्रकला प्रतियोगिता

चन्द्रौटा(बुटवल टुडे), १७ साउन । मलाहा बिरालो संरक्षणको लागि चित्रकला प्रतियोगिता गरिएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरमा रहेको शिवगढी इंग्लिस स्कूलमा शुक्रबार प्रतियोगिता गरिएको हो । पश्चिम तराई माछा मार्ने बिरालो संरक्षण परियोजनाको आयोजनामा भएको प्रतियोगितामा सोसियल इंग्लिस स्कूलकी समिक्ष परियार प्रथम भएकी छन् ।