SHARE
बुटवल टुडे · शनिबार १७ साउन २०८२ ०३:०६ AM · 1 मिनेट पढाइ

बर्दियाको बढैयाताल अझै बेवास्तामा

बर्दिया, १७ साउन । बर्दियामा रहेको बढैयाताल पर्यटकीय सम्भावना भए पनि राज्यको ध्यान र प्रचारप्रसारको पर्खाइमा छ । यो ताल एक सय नौ बिघा क्षेत्रफलमा फैलिएको छ । यहाँ विभिन्न प्रजातिका जीवजन्तु, वनस्पति, पक्षी र माछा पाइन्छ । अहिले यसको व्यवस्थापन र विकासमा चासो देखिएको छैन ।