SHARE
बुटवल टुडे · शनिबार १७ साउन २०८२ ०३:२६ AM · 1 मिनेट पढाइ

६.४० प्रतिशतले बढ्यो सल्यानको राजस्व सङ्कलन

सल्यान, १७ साउन । सल्यानमा ६.४० प्रतिशतले राजस्व वृद्धि भएको छ । करदाता सेवा कार्यालय सल्यानले आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा ६.४० प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको हो । गत आ.व. मा कार्यालयले ५० करोड ७५ लाख १८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।