SHARE
बुटवल टुडे · शनिबार १७ साउन २०८२ ०३:४८ AM · 1 मिनेट पढाइ

पाल्पामा राजस्व सङ्कलनमा ५ करोडभन्दा बढीको वृद्धि

पाल्पा, १७ साउन । पाल्पामा गत आर्थिक वर्ष २०८१/०८२ मा राजस्व सङ्कलन बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ५ करोड २८ लाख ३७ हजार ६ सय ८० रुपैयाँले राजस्व सङ्कलन बढेको हो । करदाता सेवा कार्यालय पाल्पाका अनुसार गत आर्थिक वर्ष ६० करोड ८१ लाख ९५ हजार ४ सय ७० राजस्व सङ्कलन भएको छ ।