SHARE
बुटवल टुडे · शनिबार १७ साउन २०८२ १२:२९ PM · 1 मिनेट पढाइ

लुम्बिनीमा अक्सफोर्ड माविको भव्य स्वागत समारोह, हास्य कलाकार गजुरेलको विशेष प्रस्तुति

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयले लुम्बिनीको शान्तिभूमिमा भव्य कार्यक्रम आयोजना गर्दै कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ। कार्यक्रम कक्षा १२ का विद्यार्थी सन्देश भण्डारीको अध्यक्षतामा सञ्चालन गरिएको थियो भने प्रमुख अतिथिको रूपमा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीको उपस्थिति रहेको थियो।