SHARE
बुटवल टुडे · शनिबार १७ साउन २०८२ ०३:०२ PM · 1 मिनेट पढाइ

न्यू होराईजनमा २५० भन्दा बढी विद्यार्थीको निशुल्क स्वास्थ्य परीक्षण

बुटवल, १७ साउन । रोटरी ई क्लब अफ मेडिकोफयुजन हाईब्रिड नेपाल र अल्फा लियो क्लब अफ बुटवल होराईजनको संयुक्त आयोजनामा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको छ । न्यू होराईजन माबिमा शनिबार भएको स्वास्थ्य परिक्षणमा विद्यार्थीहरुको जनरल तथा ईएनटी (नाक, कान, घाँटी) परीक्षण गरिनुका साथै आवश्यक औषधी वितरण समेत गरिएको हो ।