SHARE
बुटवल टुडे · बिहीबार २१ जेठ २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

दु:खद संयोग: ‘वेटिङ फर डेथ’ नाममा टिकटक आइडी बनाएकी युवतीको मृत्यु

कपिलवस्तुमा सर्पले डसेर एक युवतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी दीपक कुँवरका अनुसार कपिलवस्तु नगरपालिका वडा नम्बर १ मालटोलस्थित १६ वर्षीया रिया बर्माको विषालु गोमन सर्पले डसेर मृत्यु भएको हो।