SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०२:४७ AM · 1 मिनेट पढाइ

साउने मेलामा रेसुङ्गा बन्यो भक्तजनको मुख्य गन्तव्य

गुल्मी, १८ साउन । गुल्मीको प्रसिद्ध धार्मिक स्थल रेसुङ्गामा सुरु भएको साउने मेलामा यति बेला श्रद्धालुहरूको घुइँचो बढ्दै गएको छ । साउन महिनाभर लाग्ने बिशेष मेलामा रेसुङ्गा स्थित महापोखरी र यज्ञ शालामा स्नान र पूजाआजाका लागि टाढा टाढाबाट भक्तजनहरू यहाँ आउने प्रचलन छ ।