SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०३:४१ AM · 1 मिनेट पढाइ

वर्षावासमा भिक्षुहरूः आध्यात्मिक विकासको अवसर

यतिबेला बौद्ध भिक्षुहरू वर्षावासमा छन् । भिक्षुहरूले प्रत्येक वर्ष वर्षामासभरि कुनै एक विहारमा तीन महिनासम्म वस्ने परम्परा छ । बौद्ध संस्कृतिमा यसलाई वर्षावास भनिन्छ । वर्षावासको समय आषाढ पूर्णिमा वा श्रावण पूर्णिमाको दोश्रो दिनदेखि सुरु हुन्छ । अधिकांश भिक्षुहरू आषाढ पूर्णिमाको भोलिपल्टदेखि वर्षावास बस्ने गर्दछन् ।