SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०४:४७ AM · 1 मिनेट पढाइ

रवीन्द्र बने एमएफएन च्याम्पियन, नेपाली एमएमएको ऐतिहासिक सफलता

बुटवल, १८ साउन । नेपालका रबिन्द्र ढाँटले म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ ब्यान्टमवेट च्याम्पियनसिप जित्दै नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय एमएमए उपाधि दिलाएका छन् । ‘बझाङको टाइगर’ उपनामले चिनिएका रबिन्द्रले भारतको ग्रेटर नोएडामा सम्पन्न मुख्य इभेन्टमा भारतका चर्चित फाइटर चुंगरेङ कोरेनलाई तेस्रो राउण्डको ५४ सेकेण्डमा टिकेओ मार्फत पराजित गर्दै उपाधि जितेका हुन् ।