SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०५:५२ AM · 1 मिनेट पढाइ

सियारीमा मोटरसाइकल दुर्घटना, बाबुको मृत्यु, छोरा घाइते

गैंडहवा, १८ साउन । रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, दुर्घटनामा परेर पछाडि सवार ६० वर्षीय राममिलन धवलको उपचारको क्रममा मृत्यु भएको हो। उनी मायादेवी गाउँपालिका–७ गर्गटीका बासिन्दा हुन्।