SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०६:१२ AM · 1 मिनेट पढाइ

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं, १८ साउन । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा ३४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन एक लाख ९३ हजार १०० रुपौयाँमा कारोबार भएको थियो ।