SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०८:१३ AM · 1 मिनेट पढाइ

अमेरिकाले ७ हजार २४४ भारतीयलाई गरायो देश निकाला

काठमाडौँ, १८ साउन । गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठुलो उछाल आएको छ ।  यसअघि जो बाइडेनको कार्यकालको तथ्याङ्कलाई हेर्दा यो सङ्ख्या दोब्बरभन्दा बढी छ । सन् २०२० देखि डिसेम्बर २०२४ को बिचमा दैनिक ३ जनाको तुलनामा यस वर्ष औसतमा दैनिक कम्तीमा ८ जना भारतीयलाई देश निकाला गरिएको छ।