SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०८:२१ AM · 1 मिनेट पढाइ

राप्रपा सिद्धार्थनगरको उपाध्यक्षमा केसी र प्रधान तथा सचिवमा ढाडी

भैरहवा, १८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर नगर समितिको बैठक शनिबार रुपन्देहीको भैरहवामा सम्पन्न भएको छ । बैठकले हरि बहादुर के.सी.र सुमित प्रधानलाई नगर उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । के.सी. सिद्धार्थनगर नगरपालिका–४ का वडा सदस्य समेत हुन् । प्रधान सिद्धार्थनगर–१ का स्थायी बासिन्दा हुन् ।