SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ ०९:२८ AM · 1 मिनेट पढाइ

डेरी व्यवसायीको मानवसेवामा समर्पण

बुटवल, १८ साउन । रुपन्देही डेरी व्यवसायी समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत तिलोत्तमा–११ स्थित मानव सेवा आश्रममा आश्रितहरूलाई खिर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँडले औपचारिक उद्घाटन गर्दै समाजका कमजोर वर्गप्रति समर्पित प्रेरणादायी कार्य डेरी व्यवसायीबाट भएको बताए ।