SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ १०:१५ AM · 1 मिनेट पढाइ

कालो धन होइन, जनताको साथले जितें: प्रधानमन्त्री ओली

काठमाडौं, १८ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले अहिलेसम्म लडेका कुनै पनि निर्वाचनमा अमर्यादित गतिविधि नगरेको दाबी गरेका छन्। आइतबार बालुवाटारस्थित सरकारी निवासमा आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन खर्च, राजनीतिक शुद्धता र व्यक्तिगत अनुभवहरू साझा गरे।