SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ १०:४६ AM · 1 मिनेट पढाइ

मल अभावले बाँकेमा किसान आक्रोशित, साझा सहकारीको गेट तोड्दै नाराबाजी

समाचार सारांश मल नपाउँदा किसानहरू आक्रोशित हुँदै कोहलपुर–११ स्थित साझा सहकारीको मुख्य गेट तोडे। बिहान ५ बजेदेखि लाइनमा बसेका किसानहरूलाई १० बजेसम्म पनि मल नपाउँदा धकेलाधकेल र नाराबाजी भयो। कोहलपुरमा पाँचवटा वितरण केन्द्र भए पनि सहुलियत दरमा मल दिने संस्था साझा सहकारी मात्र हो, जसले भीड बढाएको छ।