SHARE
बुटवल टुडे · आइबार​ १८ साउन २०८२ १०:५८ AM · 1 मिनेट पढाइ

दाङमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु 

दाङ ,१८ साउन । दाङमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ । दाङको बिरौजीमा पैदल हिडिरहेको समयमा  तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ६५ वर्षका गौमती रोकालाई मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रोकालाई बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलले हिजो ठक्कर दिएको थियो ।