SHARE
बुटवल टुडे · बिहीबार ३१ बैशाख २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

काम छोडेर आन्दोलनमा उत्रिए निर्माण व्यवसायी

बुटवल । निर्माण सामग्री तथा इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। लुम्बिनी निर्माण व्यवसायी संघ, रुपन्देहीले बिहीबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र बुझाउँदै निर्माण कार्यमा स्वचालित मूल्य समायोजनको व्यवस्था गर्न माग गरेका छन।