राजीनामा घोषणा पश्चात बागमतीका मुख्यमन्त्री लामा काठमाडौँ प्रस्थान
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा घोषणा गरेपश्चात काठमाडौँ हानिएका छन् । राजीनामा घोषणा गरेपश्चात उनी प्रमुख स्वकीय सचिव छत्रबहादुर लामालाई राजीनामा पत्र बुझाउने जिम्मा छाडेर काठमाडौँ हिँडेका हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका उनले प्रमुख स्वकीय सचिव लामालाई राजीनामा बुझाउने जिम्मा दिएको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
