SHARE
बुटवल टुडे · शुक्रबार​ १ जेठ २०८३ ०६:२५ PM · 1 मिनेट पढाइ

जेनजी प्रतिनिधिलाई संविधान संशोधन बहसमा सहभागी हुन कार्यदलको आग्रह

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूसँग आज तय गरिएको छलफलबारे देखिएको अन्योल हटाउँदै सकारात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ। कार्यदलका संयोजक असिम शाहाले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य उद्देश्य रहेको बताएका छन्।