SHARE
बुटवल टुडे · आइबार​ ३ जेठ २०८३ ०१:४९ AM · 1 मिनेट पढाइ

कफीबाट अब ‘चराको हब’ सम्म

पछिल्लो समयमा गुल्मीमा चराका नयाँ प्रजातिहरू फेला पर्दै गएका छन् । कफीको जिल्ला भनेर चिनिने गुल्मी आजभोलि नेपालमा चराहरूको जिल्ला भनेर चिनिन थालेको छ । पछिल्लो गणना अनुसार गुल्मीमा फेला परेका चरा प्रजातिहरूको सङ्ख्या ३ सय ५५ पुगेको छ ।