SHARE
बुटवल टुडे · आइबार​ २७ बैशाख २०८३ ०४:३२ PM · 1 मिनेट पढाइ

विमानस्थल अध्यागमन घुस प्रकरणमा रमेश लेखक र गृहसचिवमाथि मुद्दा नचल्ने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन घुस प्रकरणमा नाम जोडिएका तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी लगायत उच्चपदस्थ अधिकारीहरूमाथि अब कुनै मुद्दा नचल्ने भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धानपछि उनीहरूमाथि “कुनै पनि ठोस प्रमाण नभेटिएको” निष्कर्ष निकाल्दै फाइल बन्द गरेको हो।