SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक आठ अध्यादेश पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेस भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले यसबीचमा जारी भएका ‘सार्वजनिक खरिद ९दोस्रो संशोधन अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, ‘संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश, २०८३’ अध्यादेश पेस गर्नुभयो ।