SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ १०:११ AM · 1 मिनेट पढाइ

सरसफाई सप्ताह अभियानअन्तर्गत बुटवल बसपार्क क्षेत्रमा सरसफाई

बुटवल । नेपाल सरकारले सञ्चालन गरेको सरसफाई सप्ताह अभियानप्रति स्वागत तथा ऐक्यबद्धता जनाउँदै बुटवल बसपार्क क्षेत्रमा विशेष सरसफाई गरिएको छ । रुद्रगण र एमआरआर टिम बुटवलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, युवा तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो ।