SHARE
बुटवल टुडे · सोमबार २८ बैशाख २०८३ ०५:३३ PM · 1 मिनेट पढाइ

शिक्षक क्षमता अभिवृद्धिका लागि प्रशिक्षण

भैरहवा । शिक्षकहरूको क्षमता अभिवृद्धि तथा गणित शिक्षणलाई थप प्रभावकारी र व्यवहारिक बनाउने उद्देश्यले भैरहवामा दुई दिने गणित शिक्षक तालिम सम्पन्न भएको छ। ‘सामूहिक विद्यालय परिवार’ रुपन्देहीको आयोजनामा सम्पन्न तालिममा गणित विषयका करिब ५० जना शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो। तालिममा इन्स्पायर एजुकेसन फाउन्डेसन प्रा. लि.का सदस्य तथा पियर्सन नेपाल पब्लिकेसनका गणित लेखकले सहजीकरण गरेका थिए।