निर्माण व्यवसायीलाई प्रहरी लगाएर मन्त्रालय पुर्याइयो तर सचिवले मागे माफी
काठमाडौं । निर्माण व्यवसायीलाई प्रहरी परिचालन गरेर मन्त्रालयमा बोलाइएको घटनाले निर्माण क्षेत्र र सरकारी संयन्त्रभित्र तरंग पैदा गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालको निर्देशनमा निर्माण व्यवसायी रमेश शर्मालाई प्रहरी लगाएर मन्त्रालयमा ल्याइएको घटनापछि सरकारको कार्यशैलीमाथि प्रश्न उठेको हो। शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा सोमबार बिहान काठमाडौँको सीतापाइलास्थित आफ्नै कार्यालयमा थिए।
