SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

बालेन्द्र नेतृत्वको सरकारद्वारा निजामती सेवामा कडाइ

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले निजामती कर्मचारी प्रशासनमा व्यापक सुधार गर्ने तयारी स्वरूप कडा नीतिगत व्यवस्था अघि सारेको छ। अध्यादेशमार्फत कर्मचारी ट्रेड युनियन खारेज गरिसकेको सरकारले प्रस्तावित संघीय निजामती सेवा विधेयकमा समेत कठोर प्रावधान समावेश गरेको हो। नयाँ व्यवस्थाअनुसार अब सरकारी कर्मचारीले राजनीतिक गतिविधिमा संलग्न भए जागिरसमेत गुमाउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।