SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

पूर्वप्रधानमन्त्री ओलीले दोहोरो सुविधामा लिएको गाडी फिर्ता गरे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत् प्रयोग गर्दै आएको गाडी सरकारलाई फिर्ता गरेका छन्। गृह मन्त्रालयले दोहोरो सुविधाअन्तर्गत लिइएका सवारी साधन फिर्ता गर्न पत्राचार गरेपछि अध्यक्ष ओलीले बा१३च ६४३७ नम्बरको निजी नम्बर प्लेट भएको गाडी बुधबार फिर्ता गरेको स्रोतले जनाएको छ।