SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०४:५५ PM · 1 मिनेट पढाइ

सांसदहरूको  हाजिरी डिजिटल प्रणालीमा , बायोमेट्रिक विवरण संकलन सुरु

काठमाडौं । सांसदहरूको हाजिरी प्रणाली अब डिजिटल हुने भएको छ। संघीय संसद सचिवालयले विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारीस्वरूप भोलिदेखि बायोमेट्रिक विवरण संकलन सुरु गर्न लागेको हो। सचिवालयले बुधबार सूचना जारी गर्दै सबै सांसदहरूलाई विद्युतीय हाजिरी प्रयोजनका लागि बायोमेट्रिक विवरण उपलब्ध गराउन आग्रह गरेको छ। बायोमेट्रिक विवरण संकलन संसदीय समितिअनुसार फरक–फरक समय र स्थानमा गरिनेछ।