SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०५:०९ PM · 1 मिनेट पढाइ

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। विधानअनुसार बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार अञ्जन श्रेष्ठ नयाँ कार्यसमितिको अध्यक्ष बनेका छन्। यद्यपि, वर्तमान कार्यसमितिले संशोधन गरेको विधानअनुसार आगामी कार्यकालदेखि भने यस्तो स्वतः अध्यक्ष हुने व्यवस्था खारेज भइसकेको छ।