SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

हिमपातमा फसेका २ भारतीय पर्यटकको सकुशल उद्धार

हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ । मनाङबाट थोरङपास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरूको सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेको हो ।